Logo

निषेधाज्ञाको पहिलो दिन काठमाडौं उपत्यकामा १५ सय ६१ संक्रमित थप



काठमाडौँ, १६ बैशाख । आज देशभर ४९ सय २८ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १५ सय ६१ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ संक्रमित थपिएका हुन् । मन्त्रालयको अनुसार पीसीआर परिक्षणबाट ४ हजार ८३१ र एन्टिजेन विधिबाट ९७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १७१४ जना महिला र ३११७ पुरुष रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्