Logo

कैलालीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु



कैलाली, बैशाख १७ । कैलालीमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।जिल्लाको लम्कीचुहा नगरपालिकाका ४३ वर्षीय पुरुष र गोदावरी नगरपालिका ११ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो।

लम्कीचुहाका ४३ वर्षीय पुरुष ७ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। उनी निमोनियाको बिरामी रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। श्रेष्ठका अनुसार ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। आज बिहान ४स् ३६ बजेको समयमा उनको मृत्यु भएको हो।

यस्तै गोदावरी नगरपालिका वडा नम्बर ११ का ६३ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्