पर्सा,१७ वैशाख: कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको आज बिहान निधन भएको छ ।पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहाको बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो ।
बढ्दो सङ्क्रमणका कारण घरमै उपचार गराइरहेका कुशवाहालाई कोरोनाको लक्ष्य देखिए पनि पिसिआर टेष्ट नभएको परिवारिक स्रोतले जनाएको छ ।
कुशवाहको शव अन्तिम संस्कारका लागि कालिकामाई –२ भेडिहारीस्थित निवासमा बिहानै लगिएको उनका छोरा इन्दुभूषणले जानकारी दिए ।
चार दशकदेखि सक्रिय राजनीतिमा रहेका कुशवाहा सङ्घीय समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । तीन छोरा र पाँच छोरीका पिता कुशवाह अत्यन्त मिलनसार तथा मृदभाषी हुनाका साथै जनताप्रति समर्पित भएका गाउँबासी बताउँछन् ।-रासस/File photo