Logo

डा. आचार्यको टिप्पणी : यस्तो चरित्रहीन सत्ता चाहिँदैन, बिरोध गरौं



काठमाडौं, १७ बैशाख । संविधानविद् डा. भीमार्जुन आचार्यले सभ्य राजनीतिमा कल्पना पनि गर्न नसकिने तरिकाले सत्ता जोगाउने र फाल्ने घृणित खेलहरू जारी रहेको भन्दै आफ्नो असन्तुष्टि पोखेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. आचार्यले मुलुक कोरोना भाइरस संक्रमण रोगबाट संक्रमित रहेको अवस्थामा गरिब, असहाय, शक्तिविहीनहरु अस्पतालको पहुँचबाट बञ्चित रहेको उल्लेख गरेका छन् ।

तर, यस्तो अवस्थामा जनताको बारेमा संवेदनशील हुन छोडेर सत्ता जोगाउने र फाल्ने घृणित खेलहरु भैरहेको भन्दै आफ्नो असन्तुष्टि पोखेका छन्। उनले यस्तो चरित्रहीन सत्ता चाहिँदैन, विरोध गरौं पनि भनेका छन् ।

उनले लेखेका छन्–”मुलुक नयाँ रोगबाट सङ्क्रमित छ। गरीब, असहाय,शक्तिविहीनहरूअस्पतालको पहुँचबाट बञ्चित छन।यस्तो अवस्थामा जनताका बारेमा संवेदनशील हुनु त कता हो कता एउटा सभ्य राजनीतिमा कल्पना पनि गर्न नसकिने तरीकाले सत्ता जोगाउने र फाल्ने घृणित खेलहरू जारी छन। यस्तो चरित्रहीन सत्ता चाहिँदैन बिरोध गरौं।” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्