एजेन्सीे, १७ बैशाख । बलीउडका दिग्गज अभिनेता रणधीर कपुरलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको स्वास्थ्य अवस्थामा समस्या आएपछि मुंबईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको वेबदुनियाले जनाएको छ ।
रणधीर कपुरले उनीसँगै पाँच जना कर्मचारी पनि संक्रमित भएको र उनीहरु सबैलाई सोही अस्पतालमा भर्ना गरेको बताएका छन् । ई टाइम्ससँग कुरा गर्दै रणधीरले आफुलाई कसरी संक्रमण भएको थाहा नभएको बताए । रणधीरले कोरोना भाइरसविरुद्वको खोप दुई डोज लगाएको पनि बताएका छन् । उनले आफुलाई चिसो लागेकोले कोरोना जाँच गरेको संचारकर्मीलाई बताएका छन् । हाल उनलाई हल्का ज्वरो आएको छ ।
रणधीर कपुरसँगै छोरीहरु करीना कपुर, करिश्मा कपुर र श्रीमती बबीता कपुरलाई कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ । उनलाई श्रीमती बबिताले हेरचाह गरेकी छिन् ।-Photo: Agency