Logo

पूर्वरानीको स्वास्थ्य अवस्था गम्भीर, औषधीको प्रयोग बढ्यो



काठमाडौं, १७ वैशाख । पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर भएको छ । कोरोना भाइरसको संक्रमण भई नर्भिक अस्पताल भर्ना भएकी शाहलाई आइसियूमा राखिएको छ । उनलाई अक्सिजनको मात्रा निकै कम रहेपछि प्लाज्मा थेरापी गरेर उपचार गरिदैछ ।

पूर्वरानी शाहका लागि कोभिड आइसियू वार्डमा औषधीको निकै माग भइरहेको विश्वस्त स्रोतले जानकारी दिएको छ । माग अनुसारको औषधी पुर्याउन सहयोगीहरु खटिएका छन् । उनका लागि अत्याधिक औषधीको खपत भइरहेको बुझिएको छ ।

यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणा शाहको पनि नर्भिकमै उपचार भइरहेको छ । प्रेरणाको अवस्था सामान्य रहेको छ ।

पूर्वराजा शाहको अवस्था भने स्थिर रहेको बुझिएको छ । उनको अक्सिजनको मात्रा सन्तुलनमा ल्याउन चिकित्सकले प्रयास गरिरहेका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्