Logo

बाबुराम भट्टराईको सफल शल्यक्रिया सम्पन्न



काठमाडौं, १७ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको सफल शल्यक्रिया सम्पन्न भएको छ । भट्टराईको पेटमा रहेको न्युरो–इन्डोक्राइनको ट्युमरको आज वीर अस्पतालमा शल्यक्रिया गरिएको हो।

बाबुरामकी छोरी मानुषी यमीले बुवाको सफल शल्यक्रिया सम्पन्न भएको जनाएकी छिन् । उनले उपचारमा संलग्न चिकित्सक टोली र अस्पताल परिवारलाई धन्यवाद दिएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्