Logo

कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मत्यु



कैलाली, बैशाख १८ । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ।जिल्लाको भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष, भीमदत्त नगरपालिका–१४ की ४८ वर्षीया महिलाको महाकाली अस्पतालमा मृत्यु भएको छ भने एक जनाले होम आईसोलेसनमै ज्यान गुमाएका छन् ।

उनीहरुको संक्रमणपछि केही दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो। त्यस्तै, भीमदत्त नगरपालिका–१८ का एक ६८ वर्षीय पुरुषको होमआइशोलेसन मृत्यु भएको छ। कोरोना संक्रमित ती पुरुषको शुक्रबार राति मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्