Logo

गगन थापाले भनेः प्रधानमन्त्रीज्यू कोरोनाविरुद्धको लडाईँमा हामी सक्दैनौं भनेर हात उठाउने !



काठमाडौं, १८ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले कोरोना भाइरसको महामारीविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले हात उठाएको भन्दै आलोचना गरेका छन् । उनले प्रधानमन्त्रीको प्राथमिकतामा अझै पनि महामारी नपरेको टिप्पणी समेत गरे ।

सामाजिक सञ्जालमा लेख्दै थापाले प्रधानमन्त्री एक्लैले कोरोनाविरुद्धको लडाईं लड्न नसक्ने भन्दै आफूहरु साथ दिन तयार रहेको उल्लेख गरेका छन् । थापाले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू यो लडाईँमा हामी सक्दैनौं भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने !’

गगन थापाको फेसबुकमा आएको टिप्पणीः

कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ,निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन।सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्छ।तर प्रधानमन्त्रीज्यू यो लडाइमा ‘हामी सक्दैनौँ´ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने! आपत्तिजनक छ !
कठिन छ,तर अझै हामीसंग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ।त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ।प्रधानमन्त्रीज्यू,हामी साथ दिन तयार छौँ,कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस।


प्रतिक्रिया दिनुहोस्