Logo

सरकारले हात उठाएको छैन, जनता संवेदनशील बन्नुपर्छ : मन्त्री रावत (भिडिओसहित)



काठमाडौं, १८ बैशाख । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सरकारले नागरिकको उपचार गर्न सकिँदैन भनेर हात नउठाएको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैले सावधानी अपनाउनुपर्ने भनेर अपिलमात्रै गरेको जिकिर गरे ।

उनले भने,‘सरकार जिम्मेवारीबाट पन्छिन खोजेको होईन, सबै संवेदनशील बन्नुपर्छ भनेको हो । हामी दिनानुदिन खटिरहेका छौं ।’ उनले सरकारले तोकेका स्वास्थ्य मापदण्ड सबैले पालना गर्नुपर्ने बताए । कोरोना रोकथाम तथा नियन्त्रण्का लागि नै आफूहरुले निषेधाज्ञा जारी गरेको पनि मन्त्री रावतले स्पष्ट पारे । सरकारले कुनै पनि लापरवाही नगरेको पनि उनको दाबी छ । अति आवश्यक र गर्नैपर्ने काममात्रै गरेको उनले सुनाए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्