इनरुवा, १८ वैशाख: सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन् ।
सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले भैँसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको जानकारी दिए ।-रासस/File Photo