Logo

कास्की काँग्रेसद्वारा कोरोना उपचार स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग



पोखरा, १८ वैशाख: नेपाली कांग्रेस कास्कीले कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई ध्यान दिएर तत्काल कोरोना उपचार स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीका अध्यक्षतामा आज बसेको जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेश र गाउँपालिका सभापतिको संयुक्त बैठकले सो माग गरेको काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

उनका अनुसार बैठकले जनताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह गरेको छ । बैठकले महामारीका बेला जनताका लागि सहज रुपमा कोरोना स्वास्थ्योपचार सेवा उपलब्ध गराएर सरकारलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्