Logo

नेपालगञ्जमा थप तीन सङ्क्रमितको मृत्यु



राँझा, १८ वैशाख: नेपालगञ्जस्थित अस्पतालमा भर्ना भएका थप तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुष,४ निवासी ५८ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए ।

उनका अनुसार, वैशाख १५ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएकी नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ५८ वर्षीया महिलाको बिहान ९ः१५ बजे र भेरी अस्पतालमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुषको बिहान १०ः३० बजे मृत्यु भएको हो ।

यसैगरी, भेरी अस्पतालमा वैशाख १३ गते भर्ना भएका दाङ तुलसीपुर उपमहानगरपालिका–६ निवासी ४६ वर्षीय पुरुषको दिउँसो ३ बजे मृत्यु भएको स्रोत व्यक्ति तेज वलीले बताए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ भने बाहिरी जिल्लाबाट त्यहाँ उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या ११८ पुगेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्