काठमाडौं, १८ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ काठमाडौं आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताको लागि उनी आजमात्रै काठमाडौं आईपुगेको उनीनिकट स्रोतले जनाएको छ । गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित् छ । मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपालले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
उक्त प्रस्तावमा जनमोर्चाले पनि सघाउने भनिएको थियो । तर, प्रस्तावमाथि छलफल चलिरहेको र मत विभाजनमा जानुअघि नै जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित् भएपछि र पछि अस्पतालमा उपचार गराईरहेको खबर आएको थियो ।
तर, जनमोर्चाकी सचेतक पियारी थापाले आफ्नो सांसद बेपत्ता भएको भन्दै खोजी गरी पाउँ र सदनको कारबाही तत्काल रोक्न माग गरेकी थिईन् । सोहीअनुसार प्रदेश सभाको बैठक सूचना टाँस गरेर स्थगित् गरिएको थियो । File Photo/ReportersNepal