Logo

पाकिस्तानमा दोस्रो लहरमा गम्भीर विरामीको संख्या पहिलेको भन्दा ५७ प्रतिशतले बढी



१८ वैशाख : पाकिस्तानमा कोभिड १९ को अघिल्लो वर्षको भन्दा गम्भीर विरामी हुने व्यक्तिको संख्या कम्तीमा पनि ५७ प्रतिशतले बढेको देखिएको बताइएको छ । त्यहाँका अधिकारीहरुले पाकिस्तानमा अघिल्लो वर्षमा भएका विरामीहरुको तुलनामा यसवर्ष कम्तीमा पनि ५७ प्रतिशतले विरामी बढेको पाइएको बताएका हुन् ।

पाकिस्तानमा अहिले गम्भीर प्रकृतिका विरामी भएर भेन्टिलेटरमा रहेको संख्या ५ हजार भन्दा बढी छ । पाकिस्तानका विभिन्न अस्पतालहरुमा अहिले ५ हजार ३६० जना कोभिडका विरामी भेन्टिलेटरमा उपचाररत रहेका बताइएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका एकजना अधिकारीले भनेका छन् कि अघिल्लो वर्ष जुन महिनामा त्यहाँको कोरोनाका संक्रमितहरुको संख्या उच्च पुगेको थियो । गत वर्षको जुन महिनामा यहाँ सबैभन्दा बढी अर्थात् दुई हजार जना भेन्टिलेटरमा राखिएको थियो ।

तर अहिले भने यसरी गम्भीर प्रकृतिको विरामी भएर भेन्टिलेटरमा राख्नु परेका विरामीको संख्या ५ हजार नाघिसकेको छ । त्यहाँका अधिकारीहरुले अघिल्लो वर्षको तुलनामा पाकिस्तानमा कोरोनाको दोस्रो लहर बढी संक्रामक रहेको पनि बताएका छन् ।

पाकिस्तानमा अहिलेसम्म आठ लाखभन्दा बढी व्यक्ति कोरोनाका संक्रमित भएका छन् भने १७ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।–सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot