Logo

मालपोत र नापी कार्यालयका सेवा स्थगित



जनकपुरधाम, १९ वैशाख: कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै आजदेखि धनुषा जिल्लाको मालपोत र नापी कार्यालयद्वारा प्रवाह गरिँदै आएको सेवा स्थगन गरिएको छ । मालपोत कार्यालयद्वारा जारी सूचनाअनुसार धनुषा जिल्लामा पनि कोरोना प्रभावितको सङ्ख्या बढ़दै गएकाले महामारीको प्रकोपबाट बच्न मुद्दाबाहेकका सेवा अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको छ ।

कार्यालय प्रमुख वासुप्रसाद कोइरालाले भीडभाड कम गरी कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउँदा पनि भीड बढ्ने क्रम नरोकिएकाले कार्यालयबाट प्रवाह गरिँदै आएको सेवा स्थगन गरिएको बताए । त्यस्तै आजदेखि नापी कार्यालयद्वारा प्रवाह गरिँदै आएको सेवा पनि स्थगन गर्ने निर्णय गरिएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्