काठमाडौं, १९ बैशाख । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बैशाख ३१ गते बोलाएको साधारण सभा स्थगित गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै आज उपत्यकामा जारी निषेधाज्ञाको कारण अर्को सुचना नआएसम्मको लागि सभा स्थगित गरेको जानकारी दिएको हो ।
कम्पनीले सभा प्रयोजनार्थ बैशाख १९ (आज) एकदिन बुक क्लोज गर्ने मिति भने यथावत राखेको जनाएको छ । कम्पनीले आज गरेको बुक क्लोजको आधारमा बैशाख १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र आगामी हुने सभामा सहभागी हुन सक्नेछन् ।