काठमाडौं, १९ बैशाख । आजदेखि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल लगानीकोषको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको ९७ हजार ५०६ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुल्ला गरेको हो ।
नेशनल लाइफको ४७ हजार ५०६ कित्ता शेयरमा प्रतिकित्ता मुल्य ४ सय ४३ रुपैयाँ तोकिएको छ भने लगानीकोषको ५० हजार कित्ता शेयरमा प्रतिकित्ता १३ सय ४७ रुपैयाँ तोकिएको छ । कम्पनीले तोकेको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरेर बैंखाश २४ गतेसम्म न्युनतम १ सय कित्तादेखि सबै कित्तासम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने जनाइएको छ । शेयर विक्रि तथा प्रबन्धकमा कम्पनीले एनआईसी क्यापिटललाई नियुक्त गरेको छ ।