Logo

उपत्यकामा निषेधाज्ञा जारी गरेपछि यस्तो छ तरकारीको भाउ



काठमाडौं, १९ बैशाख । कोरोना भेरियन्टको दोस्रो लहर बढैसँगै संक्रमितको संख्या दिनहुँ बढ्दै छ । संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तु लगायत तरकारीको मुल्य बढेको छ । निषेधाज्ञा कति लम्बिने कुनै पत्तो नभएकाले पनि सर्वसाधारणहरुले खाद्यान्यको जोहो गर्न थालेका छन् ।

त्यस्तै, तरकारीको पनि मुल्य बढेको छ । आज हरियो खुर्सानीको मुल्य प्रतिकेजी ६० रुपैयाँ, गाजर प्रतिकेजी ६० रुपैयाँ, काउली प्रतिकेजी ५० रुपैयाँ र काक्रो प्रतिकेजी ७० रुपैयाँ रहेको कालीमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

यसैगरी, कागती प्रतिकेजी २४० रुपैयाँ, घिउ सिमी प्रतिकेजी ८० रुपैयाँ र घिरौला ४० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, फलफुलको मुल्यमा पनि बृद्वि भएको छ । केरा दर्जनको १२० रुपैयाँ, नास्पाती २६० प्रतिकेजी, भुई कटहर प्रतितोला १२० रुपैयाँ, झोले स्याउ २ सय रुपैयाँ प्रतिकेजी र फुजी स्याउ २८० रुपैयाँ प्रतिकेजी मुल्य रहेको समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्