Logo

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिश



काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आज (आइतबार) दिउँसो १ बजे बस्ने भनिएको प्रदेश सभा बैठक अन्त्यको लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गरिएको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

आज विहानमात्रै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका थिए । उनको राजीनामा स्विकृत भैसकेको छ । एमालेले लुम्बिनीमा एकल बहुमतको सरकार बनाउने तयारी गरेको छ । लुम्बिनी प्रदेशसभा एमाले संसदीय दलको बैठकले पोखरेलकै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको छ ।

आज बस्ने भनिएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल गरिने कार्यसुचि थियो । तर, मुख्यमन्त्री पोखरेलले नै पदबाट राजीनामा दिएसँगै अब उक्त प्रस्ताव निस्क्रिय हुने भएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्