एजेन्सी, १९ बैशाख । बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडा र उनका पति तथा अमेरिकी गायक निक जोनस पछिल्लो समय कोविडविरुद्वको सहयोगमा जुटेका छन् । अमेरिकाबाट यी जोडीले भारतका कोरोना संक्रमितको सहयोगार्थ केही दिन अगाडी कोविड–१९ कोष स्थापना गरेका थिए । उक्त कोषमा २४ घन्टा अर्थात एकैदिन २ करोड ५० लाख रुपैयाँ सहयोग जुटेको छ ।
उनले एक भिडियो शेयर गर्दै लेखेकी छिन्, ‘टुगेदर फर इन्डिया’ । प्रियंकाले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिदै भारतमा बढेका कोभिडको विरुद्व लड्न ठुलो सहयोग पुग्ने पनि तर्क गरेकी छिन् । उनले जम्मा भएको उक्त रकम भारतमा कोभिड केयर सेन्टर, आइसोलेशन सेन्टर र अक्सिजन जनरेशन प्लान्ट्स निर्माण गर्ने पनि बताएकी छिन् ।