काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेश गठनको तयारीमा जुटेका शंकर पोखरेललाई तत्काल सपथ नगराउन विपक्षी दलका ४० सांसदले प्रदेश प्रमुखलाई आग्रह गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका सांसदले प्रदेश प्रमुखलाई भर्खरै भेटेर अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै आफूहरु ४० जना सांसदको हस्ताक्षर बुझाएको कांग्रेसका एक सांसदले जानकारी दिए ।