Logo

अपहरणमा नपरेको भन्दै बिमला वली पत्रकार सम्मेलन गर्दै



बुटवल, १९ वैशाख । लुम्बिनी प्रदेशकी सांसद बिमला वलीले आफू अपहरणमा नपरेको भन्दै पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छिन् । उनले आज होटल एभेन्यूमा पत्रकार सम्मेलन गरी वृस्तृत विवरण सार्वजनिक गर्ने भएकी हुन् ।

वलीले नेकपा एमाले छाडी नेकपा माओवादी केन्द्र प्रवेश गरेपछि अपहरणको विषय बाहिर आएको थियो । वलीले आफू अपहरणमा परेको विषय अफवाह भएको बताएकी छिन् ।

लुम्बिनी प्रदेशको सत्ता राजनीतिमा विमला गेम चेन्जर बनेकी छिन् । उनले एमाले छाडेर माओवादीमा प्रवेश गर्दा मुख्यमन्त्री शंकर पोखरेलको एकल बहुमतको मुख्यमन्त्री बन्ने योजनामा धक्का परेको छ । अब लुम्बिनीमा कुनै पनि पार्टीको बहुमत रहेन ।

कुल सदस्य संख्या ८० रहेको लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका ४० सदस्य छन् । यसले मुख्यमन्त्री पोखरेल पनि अल्पमतमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्