एजेन्सी, १९ वैशाख । भारतको पश्चिम बँगालको विधानसभा चुनावमा सत्तारुढ त्रीणामूल कँग्रेसले दुई तिहाईमा जित हासिल गर्ने देखिएको छ । जारी मतगणनामा मुख्यमन्त्री ममता बेनर्जी नेतृत्वको त्रीणामूलले २ सय भन्दा बढी स्थानमा अग्रता लिइरहेको छ ।
भारतको केन्द्र सरकारमा सत्तारुढ भारतीय जनता पार्टी दोस्रो स्थानमा छ । भाजपाले ८६ सिटमा अग्रता लिइरहेको छ ।
पश्चिम बँगालमा ३० वर्षभन्दा बढी शासन गरेको भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीलाई सबैभन्दा ठूलो धक्का लागेको छ । कम्युनिस्ट पार्टीले १ सिटमा मात्र अग्रता लिइरहेको छ ।