काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेशकी सांसद विमला वलीले आफूले आफ्नै ईच्छामा नेकपा (माओवादी केन्द्र) रोजेको स्पष्ट पारेकी छिन् । सांसद वलीले आजमात्रै माओवादी केन्द्रमा आवद्ध भएको जनाएकी थिईन् । बुटवलको होटेल एभिन्यूमा आकस्मिक रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै सांसद वलीले आफूलाई नेकपाबाट चुनाव लड्दा सबैभन्दा बढि माओवादीबाट सहयोग र समर्थन भएकोले माओवादी रोजेको बताएकी हुन् । यसअघि एमालेका सांसदहरुले विमला वलीलाई अपहरण गरिएको आरोप लगाएका थिए ।
एमालेका शंकर पोखरेलले आजमात्रै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले एकल पार्टीको बहुमतको सरकार बनाउनेगरि राजीनामा दिएका थिए । तर, वलीले माओवादी केन्द्र रोजेपछि पोखरेलको एकल बहुमतको सरकार बनाउने उद्देश्यमा ठूलो धक्का लागेको छ । उता, विपक्षी दलहरुले पनि ४० जना सांसदहरुको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष बुझाएका छन् । र, पोखरेललाई एकल बहुमतको सरकारको नेतृत्व लिनेगरि सपथ नखुवाउन भनेका छन्। File Photo/ReportersNepal