काठमाडौं, १९ बैशाख । साताको पहिलो दिन आज नेप्से उकालो लागेको छ । आज (आइतबार) २.७ प्रतिशत अर्थात ५४ अंकले बढेर २६ सय ६५ दशमलव १० विन्दुमा पुगेको हो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ८.७८ प्रतिशतले बढेर ४७७ दशमलव ८१ विन्दुमा पुगेको छ ।
नेप्सेको अनुसार आज २२६ कम्पनीको ८३ हजार ४०४ पटक कारोबार भएर ७ अर्ब ३६ करोड ८ लाख ५ सय रुपैयाँ बराबरको १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता शेयर किनबेच भएको छ ।
आइतबार १३ उपसमुह मध्ये सबैसमुहका सचक बढेका छन् । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमुहको ४ दशमलव ६३ प्रतिशतले सुचक बढेको छ ।