काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका कुल बहादुर केसीको नेतृत्वमा सरकार बनाउन माग गर्दै माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र जनमोर्चाका ४१ जना सांसदहरुले प्रदेश प्रमुखलाई भेटेर हस्ताक्षर प्रस्तुत गरेका छन् ।
प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष उनीहरुले आज ४१ जनाको हस्ताक्षर बुझाएका हुन् । तर, प्रदेश प्रमुख यादवले भने धारा १६८ को उपधारा १ बमोजिम एमालेका शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका छन् । एमालेसँग बहुमत नभएको भन्दै माओवादी केन्द्र, कांग्रेस, जसपा र जनमोर्चाका ४१ जना सांसदहरुले सरकार गठनका लागि दाबी प्रस्तुत गरेका छन् ।