Logo

हिमालयन इन्स्योरेन्सको २७ औं साधारण सभा जेठ २८ गते हुने



काठमाडौ, १९ बैशाख । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको जेठ २८ गते साधारण हुने भएको छ । कम्पनीको अनुसार बैशाख २७ गते बसेको सञ्चालक समितिको बैठकले २७ औं वार्षिक सभा भर्चुअल माध्यमबाट केन्द्रिय कार्यालय थापागाउँमा सभा गर्ने निर्णय गरेको हो ।

सभाले प्रस्तावित ६ दशमलव ७५ प्रतिशत लाभांश पारित गर्दै गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ०७६÷७७ को सञ्चित नाफाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot