काठमाडौं, १ बैशाख । कोरोना संक्रमणबाट आज थप २७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३३ सय २५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आजसम्म २५ लाख ४४ हजार ७६ जनाको पिसीआर परिक्षण भएको छ भने ४८ हजार ७ सय ११ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको संंख्या ६७ रहेको छ ।