Logo

४८ हजार कोरोना संक्रमितको उपचार हुँदै



काठमाडौं, १९ बैशाख । देशभर ४८ हजार ७ सय ११ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । २४ घन्टामा देशभर ७ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको हो । आज थपिएकासँगै कुल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

थपिएका मध्ये ३५ सय ९५ जना काठमाडौं उपत्यकाका मात्रै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज पिसीआर विधिबाट ७१ सय ३४ जना र एन्टिजेन बिधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

एकैदिन थपिएका यो संक्रमितको संख्या हालसम्मकै नेपालको पहिलो रेकर्ड हो ।  २४ घन्टामा १६ सय १२ जना संक्रमणबाट निको भएका छन् भने २७ जनाको निधन भएको छ । यसैगरी, हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भईसकेका छन् । यो ८४.५ प्रतिशत निको भएको दर हो ।



प्रतिक्रिया दिनुहोस्