Logo

भोलिबाट आन्तरिक हवाई उडान बन्द, बैशाख २२ गतेबाट अन्तर्राष्ट्रिय उडानमा रोक



काठमाडौं, १९ बैशाख । मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले भोलिबाट आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण द्रुत गतिमा फैलिएको अवस्थामा सरकारले आन्तरिक उडान भोलि मध्यराति १२ बजेबाट र अन्तर्राष्ट्रिय उडान बैशाख २२ गतेबाट बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । तर, आन्तरिक तथा बाहृय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने भनिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot