Logo

डा. आचार्यको टिप्पणी : ..यसपटक हामीकहाँ राष्ट्रपतिले प्रधानमन्त्रीको अधिवेशन आब्हान गरिदिइन्



काठमाडौं, १९ बैशाख । संविधानविद् डा. भीमार्जुन आचार्यले संसदीय व्यवस्थामा अधिवेशन संसद्को हुने बताउँदै राष्टपति विद्यादेवीले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनको लागि मात्रै प्रतिनिधिसभाको बैठक बोलाएकोमा असन्तुष्टि पोखेका छन् । सामाजिक सञ्जालमार्फत डा. आचार्यले मुलुकको सबै जुनी प्रयोगमा बित्ने भए भन्ने चिन्ता पनि व्यक्त गरेका छन् ।

उनले लेखेका छन्-“संसदीय व्यवस्थामा अधिवेशन संसद्को हुन्छ । यसपटक हामी कहाँ राष्ट्रपतिले “प्रधानमन्त्रीको अधिवेशन ” आब्हान गरिदिइन् । कर्णाली प्रयोग, गण्डकी प्रयोग, लुम्बिनी प्रयोग अब वैशाख २७ को प्रयोग । यस्तै यस्तै प्रयोगमा मुलुकका सबै जुनी बित्ने भए। धन्य मेरो देश!”



प्रतिक्रिया दिनुहोस्