काठमाडौं, बैशाख २०। दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका बाबुको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले ट्विट गर्दै स्वास्थ्यमन्त्रीका बाबुको मृत्यु भएको जानकारी दिएका छन् ।
उनले ट्विटमा भनेका छन्, ‘हाम्रा स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले आफ्ना पिता कोरोनाका कारण गुमाउनु भएको छ । उहाँको आत्माको चीरशान्तिको कामना गर्छु । परिवारप्रति हार्दिक समवेदना ।’ एजेन्सी