Logo

मकवानपुरमा चार स्थानीय तहमा निषेधाज्ञा



टिस्टुङ, २० वैशाख: मकवानपुरमा आजदेखि यही वैशाख ३१ गतेसम्मका लागि चार स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा गए मध्यरातबाट निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा १० स्थानीय तह छन् ।

यही वैशाख १७ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा लागू भएका क्षेत्रमा अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कन पाइने छैन भने अत्यावश्यक उपभोग्य वस्तु खरीदका लागि बिहान ५ः०० देखि ९ः०० बजेसम्मको समय तोकिएको छ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्