Logo

ग्राहकमैत्री बनाउन सिद्वार्थ बैंकको नयाँ वेबसाइट



काठमाडौं, २० बैशाख । सिद्वार्थ बैंकले वेबसाइटलाई परिष्कृत र परिमार्जन गरेर संचालनमा ल्याएको छ । बैंकले आधिकारिक वेबसाइट प्रयोगकर्ताहरुलाई डिजिटल सेवा, सुविधा तथा सुचनाहरुको बारेमा जानकारी दिन र अझ बढी ग्राहकमैत्री बनाउन संचालनमा नयाँ वेबसाइट ल्याएको जनाएको छ ।

बैंकको अनुसार आधुनिक र नवीनतम प्रविधि प्रयोग गरेर बनाइएको नयाँ वेबसाइट सबै किसिमका ब्राउजरमा सहजै रुपमा मोबाइल एवं कम्प्युटरबाट चलाउन मिल्ने गरि विकास गरिएको छ । ग्राहकहरुको कुनै पनि गुनासो तथा विषयहरुलाई सहज ढंगले सम्बोधन गर्न च्याट, हेल्प डेस्क, क्विक डायल जस्ता एप्लिकेशनहरु राखिएको बैंकले बताएको छ ।
यसैगरी, बैंकले नयाँ वेबसाइटको सुरुवातसँगै नागरिक एपसँगको सहकार्यमा बैंकको वेबसाइटबाट नागरिक एप मार्फत अनलाइन खाता खोल्न सकिने सुविधा समेत सुरुवात गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot