Logo

उपत्यकामा आज यस्तो छ तरकारीको मुल्य



काठमाडौं, २० बैशाख । कोरोना भाइरसको दोस्रो लहर बढेसँगै दिनहुँ संक्रमितको संख्या तिव्र रुपमा बढेको छ । संक्रमण नियन्त्रणको लागि सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । तरकारी तथा अत्यावश्यक चीज किनमेलको लागि साझ बिहान बजार खुल्लाइएको छ ।

कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिको अनुसार आज अदुवाको मुल्य प्रतिकेजी ९० रुपैयाँ रहेको छ । त्यस्तै, लोकल गोलभेडाको मुल्य प्रतिकेजी २० रुपैयाँ, घिउ सिमिको मूल्य प्रतिकेजी ५० रुपैयाँ, घिरौला प्रतिकेजी २५ रुपैयाँ रहेको छ ।

यसैगरी, डल्ले च्याउको मुल्य प्रतिकेजी १ सय ५० रुपैयाँ, ठुलो गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, तितेकरेला २० रुपैयाँ प्रतिकेजी र न्युरो ९० रुपैयाँ प्रतिकेजी रहेको तरकारी बजार समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्