Logo

काठमाडौंमा कोभिड भेन्टिलेटर र आईसीयु बेड भरिएकै हो त ? यसो भन्छ तथ्यांक



काठमाडौं, २० बैशाख । नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै तिव्ररुपमा संक्रमित थपिएका छन् । देशभर ४७७ जना आईसीयु, १३१ जनाको भेन्टिलेटर, ३५ सय ३० जना संस्थागत आईसोलेशन र ४५ हजार १८१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार (हिजो) मात्रै १६ हजार ७ सय ७० जनाको पिसीआर परिक्षणमा ७ हजार २११ जनाको संक्रमण पुष्टि भएको थियो । मन्त्रलायको अनुसार हालसम्म ३ लाख ३६ हजार ३० जनामा संक्रमण पुष्टि भएकोमा २ लाख ८३ हजार ९ सय ९४ जना संक्रमण मुक्त भएका छन् । यो निको भएको दर ८४.५ प्रतिशत हो । त्यसैगरी देशभर ४८ हजार ७ सय ११ जना संक्रमितको उपचार भैरहेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार बाग्मती प्रदेशमा संक्रमितको संख्या बढी रहेको छ । ५९१ आई.सी.यु बेड संख्या रहेको यस प्रदेशमा २५४ जना संक्रमित आई.सी.युमा उपचार भैरहेको छ । त्यसैगरी, भेन्टिलेटरको संख्या २६५ रहेकोमा उपचाररतको संख्या ७७ रहेको छ । संस्थागत आइसोलेसनमा बस्नेको संख्या १ हजार ४८६ रहेको छ भने होम आईसोलेसमा रहनेको संख्या २३ हजार ४१८ रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशमा ११९ बेड संख्या भएको आईसीयुमा ७७ जना संक्रमितको उपचार भैरहेको छ भने ६१ भेन्टिलेटर भएको यस प्रदेशमा २१ जना उपचाररत छन् । मन्त्रालयको अनुसार यस प्रदेशमा संस्थागत आइसोलेशनमा ७ सय १३ र होम आइसोलेशनमा बस्नेको संख्या ११ हजार ४१८ रहेको छ ।

त्यसैगरी, प्रदेश २ मा २४ जनाको आईसीयुमा उपचार भैरहेको छ भने भेन्टिलेटरमा २ जना को उपचार भैरहेको मन्त्रालयले जनाएको छ । यस्तै, आईसीयु बेडको संख्या १५९ भएको प्रदेश १ मा ५४ जनाको उपचार भैरहेको छ भने १४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार कर्णाली प्रदेशमा आईसीयुमा ३३ जना र १७ जनाको भेन्टिलेटरमा संक्रमितको उपचार भैरहेको छ । २४१ आईसीयु बेड संख्या रहेको गण्डकी प्रदेशमा ५ जनाको उपचार भैरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भैरहेको जनाइएको छ । यसैगरी, सुदुरपश्चिम प्रदेशमा पनि ३० जनाको आईसीयु र ९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्