Logo

माधव नेपाल ‘गर या मर’को स्थितिमा, ओलीलाई संसदमा विफल पार्ने अस्त्र तयार



काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत गुम्ने अवस्था सृजना गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रणनीति तयार गरेका छन् । उनले निकटस्थहरुसँग परामर्श गरी रणनीति तयार गरेको बुझिएको छ ।

नेपालले जनता समाजवादी पार्टीसँग मिलेर विश्वासको मत लिन सफल हुने अवस्थामा नेपाल पक्षका सांसदहरु अनुपस्थित भइदिने रणनीति बनेको बुझिएको छ । नेपालको समूहमा ३० भन्दा बढी सांसद छन् । उनीहरु नेपालको निर्देशन मान्न तयार भइसकेका छन् ।

नेकपा एमालेभित्र ओलीको पेलाईमा परेपछि माधव नेपाल गर या मरको स्थितिमा छन् । उनले सार्वजनिक रुपमा मर्ता क्या नही कर्ताको अवस्थाबारे बोलिसकेका छन् । यसपटक पनि जसपाको महन्थ ठाकुर पक्षधरले ओलीका लागि बहुमत पुर्याउने गरी संख्या पुर्याएमा नेपाल पक्षले अनुपस्थिति जनाएर असफल पार्ने बुझिएको छ ।

अझैपनि एमालेभित्र सहमतिको सम्भावना रहेको भन्दै दोस्रो पुस्ताका नेताहरु दौडधूपमा छन् । उनीहरु ओली र नेपालबीच सहमति गरेर दुर्घटनालाई रोक्न लागिपरेका छन् ।

२७ वैशाखमा विश्वासको मत लिने दिन एमालेभित्र अर्को दुर्घटनाको क्षण आउन नदिन उनीहरु सक्रिय भएका हुन् । ओलीले विश्वासको मत लिन नसकेपनि चुनाव घोषणा गरेर जाने रणनीति बनाएको बुझिएको छ । त्यसलाई ट्याकल गर्न पनि नेपालले नयाँ रणनीति बनाइरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्