काठमाडौं, २० बैशाख । शेयर बजार आज दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन आज लघुवित्त र इन्भेष्टमेन्ट बाहेक सबै उपसमुह राताम्मै छन् ।
आइतबार ५४ अंकले बढेर २६ सय ६५ दशमलव ११ विन्दुमा पुगेको नेप्से आज १२ दशमलव ३५ अंकले घटेर २६ सय ५२ दशमलव ७५ विन्दुमा रोकिएको हो ।
नेप्से परिसुचक अनुसार आज २१६ कम्पनीको ८८ हजार ४८३ पटक कारोबार भएर ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता शेयर खरिद विक्रि भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६९ अंकले घटेर ४७५ दशमलव १२ विन्दुमा पुगेको छ ।