काठमाडौं, २० बैशाख । नेप्से आज १२ अंकले ओरोलो लागेपनि शेयर कारोबार रकम भने आइतबारको तुलनामा बढेको छ । हिजो ७ अर्ब २६ करोडको कारोबार भएको नेप्सेमा आज ७ अर्ब ५२ करोड रुपैयाँ बराबरको भएको हो ।
आज सबैभन्दा बढी अपि पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ३९ करोड ३५ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको आज ३६९ रुपैयाँ शेयरमुल्य कायम भएको छ । त्यस्तै, नेपाल पुर्नबीमा कम्पनीको २९ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ । कम्पनीको १४ सय ९२ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ । यसैगरी, ग्रामिण लघुवित्त, हिमालयन डिस्टिलरी, एनसीसि बैकको कारोबार उच्च भएको छ ।