Logo

अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गरिनेः प्रधानमन्त्री ओली



काठमाडौं, २० बैशाख । आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गरिने बताए । उनले स्वास्थ्यकर्मीहरुलाई मासिक तलबको ५० प्रतिशत भत्ताको व्यवस्था गरिने पनि प्रतिवद्वता गरेका छन् ।

बन्दाबन्दीको यो अवधिमा कसैलाई भोकै मर्न नदिने पनि प्रतिबद्धता गदै उनले महामारी नियन्त्रणकोलागि सरकारले चालेका सबै कदम सबैले पालना गर्ने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्