Logo

बैंकिङ कसूर मुद्दाका प्रतिवादी पक्राउ



काठमाडौं, २० बैशाख । विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । झापाका बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका–७ बस्ने ४७ वर्षीय विष्णु गौतमलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

उच्च अदालत बिराटनगर, इलाम इजलास इलामको २०७७ पुस १३ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद र ४० लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा १ लाख ६० हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराईएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्