Logo

मुख्यमन्त्री पोखरेललाई लुम्बिनी प्रदेशका चार दलद्वारा बहिष्कार घोषणा



काठमाडौं, २० वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चा नेपालको गठबन्धनले पोखरेललाई बहिष्कार गर्ने निर्णय गरेको हो । गठबन्धनले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले असंवैधानिक कार्य गरेको आरोप लगाउँदै बर्खास्त गर्न माग समेत गरेको छ ।

आज बुटबलमा पत्रकार सम्मेलन गरी गठबन्धनले अल्पमतका मुख्यमन्त्री पोखरेललाई एकल बहुमतको भनी सपथ गराइएको जिकिर गर्दै खारेज गरेको घोषणा समेत गरेको छ । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले पोखरेललाई मुख्यमन्त्री बनाउन असंवैधानिक र अराजनीतिक कदमको संज्ञा दिए । उनले पोखरेलमाथि किर्ते कार्यको आरोप लगाए । काँग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनोडियाले पोखरेलको कदमको भण्डाफोर गर्ने चेतावनी दिए ।

१९ वैशाखमा मुख्यमन्त्री नियुक्त भई पोखरेलले सपथ लिएका थिए । उनले एकल बहुमतको दाबी गरिरहँदा नेकपा एमालेकी सांसद बिमला खत्री माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्