काठमाडौं, २० वैशाख । लुम्बिनी प्रदेशका महिला सांसदहरुमाथि पुरुष सुरक्षाकर्मीले बल प्रयोग गरेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतसहितको टोलीले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका महिला सांसदमाथि बल प्रयोग गरेको देखिन्छ ।
आइतबार मुख्यमन्त्री शंकर पोखरेलको सपथ रोक्न प्रदेश प्रमुखको कार्यालय पुगेका उनीहरुमाथि बल प्रयोग भएको हो । सांसदहरु निर्मला क्षेत्री, पुरमती ढेगा, लौटी थारु, सुष्मा यादव, पुष्पा थरुनी र गीता थापाले आफूहरुमाथि डिआइजी रवीन्द्र धानुकसहित पुरुष सुरक्षाकर्मीले बल प्रयोग गरेको बताएका थिए । धानुकले भने त्यसको खण्डन गर्दै भिडियो सार्वजनिक गर्न चुनौती दिएका थिए ।
उनको चुनौतीपछि भिडियो सार्वजनिक भएको छ । भिडियोमा पुरुष सुरक्षाकर्मीले महिला सांसदमाथि बल प्रयोग गरेको देखिन्छ । उनीहरुलाई पुरुष सुरक्षाकर्मीले हटाएका थिए ।
महिला सांसदमाथि डिएसपीले बल प्रयोग गरेपछि अर्का सुरक्षाकर्मीले भिडियो लाइभ भइरहेकाले हात नहाल्न भनिरहेको सुन्न सकिन्छ । बल प्रयोग गरेपछि निर्मला क्षेत्रीले औंला ठड्याएर चेतावनी समेत दिएको देखिन्छ ।
https://www.facebook.com/binod.shresthakranti/videos/3875101309270522