Logo

अनावश्यक रुपमा घरबाहिर नआउन काठमाडौं प्रहरी प्रमुख सिंहको आग्रह, निषेधाज्ञा कडा बनाउने तयारी (भिडिओसहित)



काठमाडौं, २० बैशाख । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख अशोक सिंहले प्रहरी प्रशासन निषेधाज्ञा पालना गराउन कडाई गरिरहेको स्पष्ट पारेका छन् । उनले अनावश्यक गतिविधि र मुभमेन्ट नगर्न पनि आम नागरिकलाई अपिल गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सचेत नागरिकले सोहीअनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको प्रोटोकल फलो गरेर नै प्रहरीहरु फिल्डमा उत्रिएको उनले सुनाए । उनले काठमाडौंमा ९५ प्रतिशत नागरिकले मास्क लगाएको पनि जनाए । हरेक होल्डिङ सेन्टरमा प्रहरीले पिपिई लगाएर नै काममा खटिएको उनको भनाई छ ।

उनले आफूहरुले काठमाडौंवासीलाई घरबाहिर नआउन अपिल पनि गरेको सुनाए । तर, मेडिकल ईमर्जेन्सीको अवस्थामा अनावश्यक घरबाहिर आउँदा संक्रमण बढेको पनि उनको दाबी छ । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्