Logo

वैशाखयता बाँकेमा कोरोना संक्रमणबाट ९७ जनाको मृत्यु



बाँके, बैशाख २१ । तीव्र रुपले कोरोना संक्रमण फैलिएपछि वैशाख महिनायता मात्रै बाँकेमा कुल ९७ जनाको मृत्यु भएको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार वैशाख १ देखि १९ गतेसम्म मृत्यु हुनेमा ५६ पुरुष र ४१ महिला रहेका छन्। यसमध्ये बाँकेका मात्रै ६९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ पुरुष र ३३ महिला रहेका छन्।

केन्द्रका अनुसार बाहिरी जिल्लाका समेत गरेर वैशाख १ देखि ४ गतेसम्म १र१ जना, वैशाख ५ गते ४ जना, ६ गते २ जना, वैशाख ७ देखि ९ गतेसम्म ३र३ जना, १० गते २ जना, ११ गते ६ जना, वैशाख १२ गते १० जना, १३ गते ५ जना, वैशाख १४ गते १० जना, १५ गते ४ जना, वैशाख १६ गते १२ जना, १७ गते ८ जना, वैशाख १८ गते ९ जना र १९ गते १२ जनाको मृत्यु भएको छ।

यस्तै बाँकेका मात्र वैशाख २, ५ र ६ गते १र१ जना, वैशाख ७ र ८ गते ३र३ जना, वैशाख ९ गते २ जना, १० गते १ जना, वैशाख ११ गते ६ जना, १२ गते ८ जना, वैशाख १३ गते ४ जना, १४ गते ७ जना, वैशाख १५ गते ४ जना, १६ गते ९ जना, १७ र १८ गते ५र५ जना र १९ गते ९ जनाको मृत्यु भएको छ।

अहिलेसम्म २ हजार ९ सय ६१ पुरुष र २ हजार ४ सय ३२ गरी कुल ५ हजार ३ सय ९३ जना संक्रमित भएका छन्। यसमध्ये २ हजार १ सय ३५ पुरुष र १ हजार ७ सय ६१ महिला गरी ३ हजार ८ सय ९६ जना सक्रिय संक्रमित छन्। कोरोना संक्रमित भएर पनि अहिलेसम्म १ हजार ६ सय २४ जना निको भएका छन्। यसमध्ये ९ सय १ जना पुरुष र ७ सय २३ जना महिला रहेको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot