काठमाडौं, २१ बैशाख । निर्धन उत्थान लघुवित्तको संस्थापक शेयर लिलामी आवेदन दिने आज अन्तिम दिन हो । मंगलबार कार्यालय समयभित्रसम्म कम्पनीले जारी गरेको शेयर लिलामी आवेदन दिनसक्नेछन् ।
प्रतिशेयर मुल्य ५ सय ५० रुपैयाँ कम्पनीले निर्धारण गरेको हुँदा लगानीकर्ताले सो मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलकबोल पेश गर्न सकिने जनाएको छ । शेयर विक्रि तथा प्रबन्धकमा उनआइबीएल एस क्यापिटल रहेको छ भने इच्छुक लगानीकर्ताले २ हजारदेखि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।