काठमाडौं, २१ ब्ैशाख । आफना क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रिन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न मेगा बैंक नेपाल लिमिटेडले किस्ताबन्दी सुविधा सुरु गरेको छ । आई बोस ग्लोबल लाइफ इन्टरनेशनलसँग शुक्रबार सम्झौता गर्दै बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो ।
बैंकको अनुसार ग्राहकहरुले भौतिक रुपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् । यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कुल मूल्यको शतप्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गराएको जनाएको छ । ग्राहकहरुलाई छ महिना तथा एक बर्ष गरी दुई वटा किस्ताबन्दीको सुविधा दिइएको बैंकले बताएको छ ।