Logo

थाहा नगरपालिकामा सर्वदलीय समिति गठन



मकवानपुर, २१ वैशाख: मकवानपुरको थाहा नगरपालिकामा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सर्वदलिय समिति गठन गरिएको छ । नगरपालिकाका प्रमुख लवशेर विष्टको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा पालुङ जेसिज, पालुङ लाइन्स, रोटरी क्लब र स्थानीय राजनीति दलका प्रतिनिधि सदस्य रहेका छन् । नगरपालिकाको १ देखि १२ वडाका कोभिड–१९ सङ्क्रमित बिरामीको पहिचान र जनचेतना अभियान सञ्चालन गर्न घरदैलो कार्यक्रम सञ्चालन गरिने प्रमुख विष्ट बताए । सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई नगरपालिकाले प्रोत्साहन भत्ताबापत क्रमशः ५० र २५ प्रतिशत उपलब्ध गराउने निर्णय गरेको छ ।

नगरपालिकाको १२ वटै वडामा वडाध्यक्षको अध्यक्षतामा सर्वदलीय समिति गठन गरी बिरामीको तथ्याङ्क सङ्कलन गरिने प्रमुख विष्टले जानकारी दिए । नगरपालिकाभित्र सोमबारसम्ममा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये एकजनालाई उपचारका लागि हेटाँैडा अस्पताल पठाइएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्