Logo

जनेमार्चाका सांसद खिमविक्रम शाही डिस्चार्ज भएर होटेलमा बसे



काठमाडौं, २१ बैशाख । गण्डकी प्रदेशसभाका जनमोर्चाका सांसद खिमविक्रम शाही डिस्चार्ज भएका छन् । उनी बैशाख १५ गते अपरान्हदेखि चिरक अस्पतालमा उपचारार्थ थिए । उक्त दिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यतालिका थियो ।

तर, मतदान हुनुअघिसम्म उनी प्रदेशसभामा उपस्थित् नभएपछि उनको खोजी भएको थियो । पछि बुझ्दा उनी चिरक अस्पतालको आइसियुमा थिए । उनलाई कोरोना संक्रमण भएको भनिएको थियो । तर, प्रदेशसभाले गरेको परीक्षणमा भने उनको रिपोर्ट नेगेटिभ आएको थियो । जनमोर्चानिकट स्रोतले जनाएरअनुसार अस्पतालबाट डिस्चार्ज भएका शाही होटेलमा बसेका छन् । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्